Pankaj Tiwari

Ag

Koshi Province

लोकसेवा कृषि JTA/JT
2026 मा चयनित
(5.0)

#संगतले सोच्दै नसोचेको बाटो भेटाएपछि…
#निजामती सेवाको यात्रामा ❤️🙏
#केही समय , समयले जीवनलाई बेस्सरी घुमायो। समय बित्दै जाँदा पालुवा पलाएझैँ जीवनमा अनेकौँ बाध्यता, चुनौती र परिस्थितिहरू आए। कतै अल्मलिएँ, कतै आफ्नो जिम्मेवारीभन्दा केही बढी राम्रो गर्न खोज्दा परिस्थितिले साथ दिएन, कतै आफ्नैहरूबाटै बेस्सरी पछारिएँ।
समय, परिस्थिति र बाध्यताका कारण जीवनमा सबैभन्दा कम भेट र कुरा सायद बाबासँगै भयो। उहाँसँगै बसेर केही समय बिताउने समय आउन नपाउँदै समयको बेगले उहाँको साथ सधैँका लागि छुटाइदियो। त्यसपछि फेरि केही समय बेस्सरी अल्मलिएँ , अल्झिए ।
मनले आफ्नो क्षेत्रप्रतिको जिम्मेवारीले एउटा कुरा मात्र सोचेको थिएँ—
“जे जिम्मेवारी पाउँछु, त्यसलाई इमानदारीपूर्वक पूरा गर्छु।”
तर सरकारी सेवामा प्रवेश गरेर मात्र काम गर्छु, लोकसेवा पढ्नुपर्छ, सरकारी जागिर खानुपर्छ भन्ने कुरा मेरो मनले कहिल्यै सोचेको थिएन सायद महत्त्व नबुजेर पनि होला ।
घरको जिम्मेवारी, अभाव र त्यो पीडा मनभित्र बोकेर अनेकौँ चुनौतीबीच अवसर खोज्दै गन्तव्यविहीन यात्रामा निस्किने निधो गरेँ। कहाँ जाने, के गर्ने भन्ने कुरामा म आफैँ अनभिज्ञ थिएँ। दुई–तीन वर्षको अलमलले पढेका, पढने कुरामा म लगभग शून्य भइसकेको थिए। तर म त्यो शून्यतामा पुगेको छु भन्ने कुराप्रति भने जानकार थिएँ। र म सन्तुष्ट र खुसी हुने एउटा मात्रा विकल्प पनि आफ्नो क्षेत्रप्रतिको ज्ञान लिनु थियो !
त्यही शून्यताबाट माथि उठ्ने यात्रामा गत बर्ष समयले #कोच नविन घिमिरे सर र Elite Pathshala लोकसेवा तयारी परिवारसँग संगत गर्ने अवसर जुराइदियो।
त्यसपछिको लगभग यो बितेको एक वर्ष कसरी बित्यो, के–के भयो, के के गरियो , के सोचियो, के गर्न आएको थिएँ र के गर्दै गएँ त्यो पत्तै भएन।
आज पछाडि फर्केर हेर्दा लाग्छ—
समयले घरबाहिर एउटा अभिभावकसँग भेट गराइदिएको रहेछ।
एउटा संगतले जीवनमा कहाँदेखि कहाँसम्मको यात्रा तय गराउन सक्छ भन्ने कुरा यही यात्राले सिकायो।
#समयसँगै त्यो संगत बलवान हुँदै गयो र आज मैले सोच्न नपाउँदै हराएको बाटो फेरि भेटाउन सफल भएँ।
यो लगभग एक वर्षको अवधिमा मैले खासै केही गरेँ जस्तो लाग्दैन गर्नु पर्ने सबै अझ बाकी नै छ । हामी Elite Pathshala मा पढ्दै गर्दा जे–जति गर्नुभयो, हामीमाथि आफ्नो समय, दुःख, मेहनत, विश्वास र अमूल्य लगानी—त्यो सबै नवीन घिमिरे - सरले नै गरिदिनुभयो।
उहाँले देखाउनुभएको बाटोमा विश्वास गरेर, उहाँले भनेका कुरालाई सकेसम्म इमानदारीपूर्वक पालना गर्ने प्रयास मात्र मैले गरेँ।
पढ्नका लागि संगत गर्ने अवसर जुरेको थियो, तर त्यो संगतले पढ्न मात्र होइन, जीवन जिउन र जीवन बुझ्न पनि सिकाइदियो , पढने मात्र होइन त्यसपछि कसरी के गर्ने भन्ने कुरा सिक्ने अवसर मिल्यो ।
हामीमाथि Elite परिवारले गरेको लगानी, विश्वास र मेहनत, गुरुहरूको मार्गदर्शन, साथीहरूको साथ, सहयोग र हौसलाले गर्दा आज मैले सोच्दै नसोचेको यात्रा तय गर्न सकेँ।
त्यसैले आज महसुस भइरहेको छ—
#समय र भाग्यले हराएको बाटो संगतले भेटाउदो रहेछ ।
म #गन्तव्यविहीन यात्रामा निस्किएको थिएँ, संगतले सोच्दै नसोचेको बाटो भेटाइदियो। र अब बल्ल त्यो बाटोमा जिम्मेवारीका साथ नयाँ यात्रा सुरु गर्ने प्रेरित छु ।
#आज कृषि #लोकसेवामा १ नं. मा सिफारिस भई #चौबिसे गाउँपालिका, राजारानी, #धनकुटामा #नियुक्ति भएको यस खुसीको क्षणमा सबैभन्दा पहिले ती सम्पूर्ण व्यक्तिहरूलाई सम्झन चाहन्छु, जसले मलाई म आफैँभन्दा बढी विश्वास गर्नुभयो र यो यात्रामा अगाडि बढ्न प्रेरित गर्नुभयो।
स्वर्गीय बाबा —
तपाईंको अभाव दुःखमा भन्दा पनि हरेक खुसीका क्षणमा अझ बढी महसुस हुन्छ। जीवनका यी सबै खुसीका क्षणहरू तपाईंप्रति नै समर्पित छन्।
निःशब्द…💔🙏
मम्मी, बैनी र भाइ —
आफ्नो सपना र चाहनाभन्दा मेरो जिम्मेवारीलाई प्राथमिकता दिँदै, अभावमा पनि आफूलाई अनुकूल बनाउँदै दिनुभएको साथ, सहनशीलता र त्यागप्रति नमन। 🙏
#विशेष धन्यवाद तथा सम्मान 🙏
कोच #नवीन सर 🙏—
तपाईंले देखाउनुभएको बाटो, गर्नुभएको मेहनत, त्याग, विश्वास र निरन्तर हौसलाको गुन शब्दले कहिल्यै तिर्न सक्दिनँ। त्यो सम्भव नै छैन।
त्यो एक दिन, जब बिहानको ५ बजे पानीमा भिज्दै जोखिम मोल्दै हाम्रो लागि कक्षामा आएर तपाईंले भन्नुभएको त्यो एउटा कुरा अझै कानमा गुन्जिरहन्छ—
“ #साथिहरु अरू जे–जे गर्नुहुन्छ गर्नु, तर मैले लगाएको यो गुन चाहिँ मेरो लागि भए पनि तिर्ने कोसिस गर्नु।”
त्यो वाक्य मेरा लागि आफैँमा ठूलो जिम्मेवारीजस्तो थियो। मैले त्यसलाई आफ्नै लागि भनिएको महसुस गरेँ र अझ जिम्मेवार भएर अघि बढ्ने प्रयत्न गरेँ। फलस्वरूप आज यो अवस्थामा आइपुगेको छु।
आज सोच्दा लाग्छ—तपाईंले लगाउनुभएको गुन यति ठूलो छ कि त्यसलाई पूर्ण रूपमा तिर्न सक्ने सामर्थ्य सायद मसँग कहिल्यै नहोला।
तर तपाईंको लगनशीलता, मेहनत र विश्वासलाई सम्झेर इमानदारीपूर्वक राम्रो काम गर्ने र तपाईंले देखाउनुभएको बाटोलाई सही साबित गर्ने प्रयत्न भने सधैँ गरिरहने छु। ❤️🙏
🙏 #मिलन घिमिरे सर, Mukesh Ramjali सर, KP Pokhrel सर, Dinesh Pokharel सर , Manisha Karki म्याम तथा सम्पूर्ण #Eliteपरिवार —
तपाईंले हामीमाथि गर्नुभएको लगानी, विश्वास, मेहनत, माया र मार्गदर्शनका लागि हृदयदेखि नै धेरै–धेरै धन्यवाद।
तपाईंहरूको साथ, विश्वास, माया र आशीर्वादबिना यो यात्रा सम्भव थिएन। यो माया, विश्वास र आशीर्वाद सधैँ रहिरहनेछ भन्ने कुरामा म विश्वस्त छु। 🙏
#मेरा सम्पूर्ण सहयोगी साथीहरू —
कठिन समयमा दिनुभएको साथ, सहयोग, विश्वास र हौसलाका लागि धेरै–धेरै धन्यवाद।
कतिपय साथीहरूले साथीको मात्र नभई अभिभावकीय भूमिका समेत निभाइदिनुभयो। त्यो साथ र विश्वास सधैँ सम्झनामा रहिरहनेछ।
मेरो नाम आउँदा मभन्दा बढी खुसी हुनुभएका संगै यात्रामा रहेका सम्पूर्ण साथीहरूमा धेरै–धेरै धन्यवाद तथा अग्रिम शुभकामना। ❤️🙏
#मेरो शैक्षिक यात्रामा योगदान पुर्‍याउनुहुने सबैप्रति —
#केदार आ.वि., #जबलपुर मा.वि., #बैजनाथ मा.वि., #AGC तथा RR Boys Hostel Butwal परिवार, साथै #लोकसेवा तयारीका क्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ज्ञान, मार्गदर्शन र प्रेरणा दिनुहुने सम्पूर्ण गुरुबर्ग, लेखक तथा लोकसेवा सहजकर्ता गुरुहरूप्रति विशेष आभार तथा धन्यवाद तपाईंहरुको मिहेनतले यो यात्रा अझ सहज भयो । 🙏
जसरी तपाईंहरूले मलाई विश्वास गरेर यहाँसम्म ल्याइदिनु भयो , अब त्यो विश्वासलाई जिम्मेवारीमा बदल्ने समय आएको छ।
यो #सफलता गन्तव्यमा पुगिसकेको अन्त्य होइन, एउटा जिम्मेवार यात्राको सुरुवात मात्र हो।
यसमा घरपरिवारको त्याग छ,
गुरुहरूको मार्गदर्शन र मेहनत छ,
साथीहरूको साथ र सहयोग छ,
र मलाई विश्वास गर्ने हरेक व्यक्तिको माया, मेहनत र आशीर्वाद छ।
#अबको यात्रा एउटै संकल्पका साथ—
सेवामा इमानदारीपूर्वक योगदान गर्न सकूँ।
मैले पाएको विश्वास र जिम्मेवारीलाई कहिल्यै कमजोर हुन नदिऊँ।
र आफूलाई यहाँसम्म ल्याउने हरेक व्यक्तिको विश्वासलाई कर्ममार्फत सम्मान गर्न सकूँ। 🌾🇳🇵
#सबैप्रति हृदयदेखि नै आभार।
धन्यवाद❤️🙏